समानुपातिक मतगणना: रास्वपा १६ लाख मतसहित अगाडि, कांग्रेस र एमाले पछाडि

२४ फाल्गुन २०८२, आईतवार १३:०८

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्ष मतसँगै समानुपातिक मतको गणना पनि भइरहेको छ।

निर्वाचन आयोगका अनुसार, फागुन २४ गते मध्याह्न साढे १२ बजे सम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १६ लाख ४१ हजार १५३ मतसहित अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस पाँच लाख ५५ हजार ९०० मतसहित रहेको छ भने नेकपा (एमाले) ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख २५ हजार ७८१ मत प्राप्त गरेको छ। त्यसपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक लाख १९ हजार ७६७ मतसहित पाँचौँ, श्रम संस्कृति पार्टी ६८ हजार ८४६ मतसहित छैटौँ, र राष्ट्रिय परिवर्तन पार्टी ४० हजार २४६ मतसहित सातौँ स्थानमा रहेको छ।

अर्का दलहरूमा जनता समाजवादी पार्टी, नेपाल ३३ हजार २७० मत, जनमत पार्टी १६ हजार ६०३ मत, नेपाल मजदुर किसान पार्टी १५ हजार ४३९ मत प्राप्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*