हर्क साम्पाङ ३५ हजार मत सहित निर्वाचित

२४ फाल्गुन २०८२, आईतवार १३:५२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राई ३५ हजार ७४१ मत सहित निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ यसअघि धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि चर्चामा आएका हुन्।

धरानमा मेयरको भूमिका निर्वाह गरिरहेकै समयमा जेनजी आन्दोलनले तत्कालीन सरकार ढालिदिएपछि अन्तरिम सरकारको प्रनिधित्व गर्न काठमाडौं समेत आएका थिए। लगत्तै श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा होमिएका थिए। पूर्वमा प्रभाव जमाउँदै चुनावमा होमिएका उनले लोकप्रीय मत सहित निर्वाचित भएका हुन्।

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोमा तामाङलाई पराजित गरी निर्वाचित भएका हुन्। तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*