‘जेनजी आन्दोलनमा गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस’

२४ फाल्गुन २०८२, आईतवार १४:३१

काठमाडौँ ।  जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबै जिम्मेवारलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले प्रतिवेदन बुझाउन ढिला भएको कारण आफ्नो काम अझै सकिएको नभएको बताए।

उनले भने, ‘हामीले जोजो जिम्मेवार छन् उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका छौँ। अब प्रतिवेदन सरकारले सार्वजनिक गर्नेछ। अहिले सबै कुरा हामीले खुलाउन मिल्दैन।’

अध्यक्ष कार्कीका अनुसार आयोगले २३ र २४ गतेका घटनामा दोषी ठहर भएका व्यक्तिहरूलाई कानूनी कारबाहीका लागि सिफारिस गरेको छ। तथापि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका सिडिओलाई कारबाही सिफारिस गरिएको विषयमा उनले स्पष्ट विवरण दिन चाहेनन्।

अध्यक्ष कार्कीले आयोगको कामसँग चुनावको कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै प्रतिवेदन बुझाउन ढिलाइ भएको भनेर नतिजा पर्खेको भन्ने प्रचार गलत रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*