जाँचबुझ प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : ‘कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन’
२४ फाल्गुन २०८२, आईतवार १५:२२

काठमाडौं। प्रधानमन्त्री शुशिला कार्कीले २०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त गर्दै कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट पारेकी छिन् ।
प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारी र कर्मचारीको मेहनतको कदर गर्दै धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘२०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त भएको छ। मेहनपूर्वक यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद। कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ छ।’












