२६ वर्षीय केपी खनाल कैलाली २ बाट विजयी

काठमाडौँ । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा केपी खनाल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।
२६ वर्षीय खनालले निकटतम प्रतिस्पर्धी पतिराम चौधरी भन्दा ७ हजार १०८ मतको फराकिलो अन्तरले जित हासिल गरेका हुन्। नागरिक उन्मुक्ति पार्टी का उम्मेदवार चौधरीले ११ हजार ९४९ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सूर्यबहादुर थापा ले ७ हजार ८८६ मत ल्याएका छन् भने नेपाली कांग्रेस का उम्मेदवार विजयबहादुर स्वाँर ले ७ हजार २१३ मत प्राप्त गरेका छन्।
यसअघि कैलालीका अन्य निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–३ बाट जगतप्रसाद जोशी, कैलाली–४ बाट खेमराज कोइराला तथा कैलाली–५ बाट आनन्दबहादुर चन्द विजयी भएका छन्।












