स्थायी रास्वपा सरकारलाई बजारको स्वागतः मार्केटमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ ।
नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । बजार १३५ अंकले बढेर २८४८.२२ बिन्दुमा कायम भई ब्रेक लागेको छ ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेसँगै मुलुकमा राजनीतिक स्थिरता कायम हुने र त्यसले नीतिगत निरन्तरता सुनिश्चित गर्दै अर्थतन्त्र सुधारतर्फ अघि बढ्ने अपेक्षाले लगानीकर्तामा उत्साह बढेको देखिएको छ । यही सकारात्मक मनोविज्ञानका कारण चुनावपछि सोमबार खुलेको बजारमा दोस्रो पटक पोजिटिभ सर्किट लागेको हो ।
शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।












