सर्किट ब्रेकमा पनि रिलायन्स मिल्सको शेयर मूल्य मात्रै राताम्य

२५ फाल्गुन २०८२, सोमबार ११:३४

काठमाडौँ । शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शेयरबजार ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो ।

बजारमा रौनक आइरहेको बेला रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य भने घटी रहेको छ । लगानीकर्तालाई महङ्गोमा शेयर बिक्री गरेको रिलायन्सको शेयर मूल्य भने ओरालो लागि रहेको हो ।

दोस्रो सर्किट ब्रेक लाग्दा कम्पनीको शेयर मूल्य मात्रै १.४९ प्रतिशत अर्थात् १०.२० रुपैयाँले घटेर प्रतिकित्ता ६७५ रुपैयाँमा सीमित भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*