६ बैंकमा ऋण नतिर्ने किशोरी साहको पक्षमा निर्वाचन आयोगको बलजफ्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धनुषा–१ मा उम्मेद्वार बनेका किशोरी साहले विभिन्न समयमा ६ बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा परेका छन् । प्राप्त विवरण अनुसार २०८० सालयता ६ पटक उनी कालोसूचीमा परेका हुन् ।
रास्वपाको लहर आएकै बैला निर्वाचन आयोगलाई झुक्क्याएर समेत रास्वपाबाट चलाखिपूर्ण तरिकाले टिकट हड्पेर चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचन आयोगमा परेको उजुरीबारे थप अनुसन्धान गरी आयोगले उनको उम्मेद्वारी पनि खारेज गरेको थियो । धनुषा १ मा उम्मेदवारी खारेज भएको थाहाँ पाउदा समेत नागरिकले उनलाई निकै भारी मात्रामा मत दिएका छन् ।
धनुषा १ मा हाल निर्वाचन आयोगले बलजफ्ती गरेर मतपरिणाम रोकेको छ । आफै उम्मेदवारी खारेज गरेको आयोगले मतपरिणाम रोकेर अन्य दलका निर्वाचित हुनसक्ने प्रतिनिधिलाई समेत रोकेको अवस्था छ । किसोरी साह सुरुवाती समयदेखि नै ठेक्कापट्टामा चरम लापरबाही गर्दै आएका व्यक्ति हुन् । कैयौं ठाउँमा उनले ठेक्का लिएर निर्माण कार्य सम्पन्न गर्न बाँकी छन् ।
साह विभिन्न समयमा ६ पटक सम्म कालोसूचीमा परेका व्यक्ति हुन् । उनी पहिलो पटक २०८०–०६–१७ गते, दोस्रो पटक २०८०–०६–१९ गते, तेस्रो पटक २०८०–०६–२१ र चौथो पटक २०८०–१०–२२ गते कमल सेवा प्रालिको तर्फबाट कालोसूचीमा परेका हुन् । साथै, उनी २०८२–१०–०४ र २०८२–१०–१४ मा चाँही आफ्नो व्यक्तिगत ऋणका कारण कालोसूचीमा परेका थिए ।
निर्वाचन आयोगले समेत रास्वपाकै उम्मेद्वार साहको पक्षमा बलजफ्ती गर्दै आएको छ । जसले गर्दा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले समेत आफ्नो जितेको उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै आलोचना गरेका छन् । सो क्षेत्रमा नेकपाका उम्मेद्वार मातृकाप्रसाद यादव दोस्रो स्थानमा छन् ।












