३ मिनेटमै ५५ करोडको कारोबार, यी कम्पनीहरुको भयो सर्वाधिक खरिद–बिक्री

२५ फाल्गुन २०८२, सोमबार १२:१२

काठमाडौं । निर्वाचन पछिको पहिरो कारोबारको दिन शेयर बजार तेस्रो पटक सर्किट ब्रेक भएर बन्द भएको छ । आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात १६२.९३ अंकले बढेर २८७५.४३ को बिन्दुमा कायम भएको छ ।

करिव तीन मिनेट कारोबार भएको आज विभिन्न कम्पनीहरुको ११ लाख ४३ हजार ७६७ वटा शेयर खरिद–बिक्री हुदाँ ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार नारायणी डेभलपमेन्ट बैंकको तीन करोड १३ लाख रुपैयाँ, शिवम् सिमेन्टको दुई करोड ८९ लाख रुपैयाँ, एसवाई प्यानलको दुई करोड ८६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*