बजाज पल्सर १५० को नयाँ संस्करण सार्वजनिक, आधुनिक डिजाइन र उन्नत प्रविधिसहित उपलब्ध

काठमाडौँ । नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । नयाँ पल्सर १५० आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको कम्पनीले जनाएको छ । यसले नेपाली बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।
नयाँ संस्करणमा आकर्षक नयाँ चित्रपट, शक्तिशाली एफआई बिएस ६भी इञ्जिन, एकल च्यानल सुरक्षा ब्रेक प्रणाली, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको पूर्ण डिजिटल ड्यासबोर्ड जस्ता विशेषताहरू समावेश छन् । यी विशेषताले मोटरसाइकललाई सुरक्षित, प्रयोगमैत्री र स्मार्ट बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० नेपालभरका आधिकारिक सोरुममार्फत उपलब्ध हुनेछन् । मोटरसाइकलको प्रारम्भिक मूल्य तीन लाख पचपन्न हजार नौ सय तोकिएको छ । नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज मोटरसाइकलको आधिकारिक वितरकको रूपमा सेवा दिँदै आएको छ ।
नागरिकताका आधारमा फाइनान्स पनि उपलब्ध हुने भएकाले ग्राहकलाई घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक नपर्नेछ । शून्य सेवा शुल्क र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले अन–द–स्पट फाइनान्समार्फत सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।












