इजरायलको तेलअभिभ विध्वंश, अमेरिकाले रोक्न सकेन इरानी मिसाइल

२५ फाल्गुन २०८२, सोमबार १७:४८

काठमाडौं । अमेरिकी शक्तिराष्ट्रहरुसँग एक्लै लडिरहेको इरानले इजरायली आर्थिक राजधानी तेलअभिभमा विध्वंस मच्चाएको छ । इरानको सर्वोच्च नेतामा आयोतुल्ला खामेनीका छोरा आयोतुल्ला मोजतावा खामेनीको नियुक्ती भएपछि गरिएको सैनिक कारवाहीलाई अमेरिकी प्रतिरक्षा प्रणालीले समेत रोक्न नसक्दा इजरायलमा ठूलो मानवीय भौतिक क्षति हुन पुगेको छ ।

इरानले प्रहार गरेको कैयौं ब्यालेस्टिक मिसाइलहरु तेलअभिभका आणविक उत्सजर्न गर्ने केन्द्रदेखि विभिन्न स्थानमा खस्न पुगेका थिए । आवाजको गतिभन्दा १५ गुणा तीव्र गतिमा दौडने क्लस्टर बम जडित हाईपरसोनिक मिसाइलले इजरायलको तेलअभिभमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीयबासीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा तेलअभिभमा मिसाइलको बर्षा भएको देखिएको छ । इजरायलले हिजो इरानको तेल कारखानामा सैनिक कारवाही गरी हवाई आक्रमण गरेपछि बाहिर उछिट्टिएको तेल सडक किनारामा रहेको ढल बस्ने नालीमा पसेर सबैतिर आगोलागी भएको थियो । सो घटनाको बदला लिँदै इरानले आज इजरायलमा ठूलो विनासकारी हतियार प्रयोग गरेको छ । जसले इजरायले नसोचेको क्षति व्यहार्नु परेको छ ।

इजरायली सञ्चार माध्यम टाईम्स अफ इजरायलले आज इरानले प्रहार गरेको मिसाइल कम्तीमा छ ठाउँमा विस्फोट भएको जनाएको छ । सो क्रममा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको सो सञ्चार माध्यमले जनाएको छ । इरानको तेलअभिभस्थित यहुद, होलान र बाटयाम भन्ने स्थानमा इरानी मिसाइलमार्फत आएको क्लस्टर बम विस्फोट भएको जनाएको छ । त्यस्तै अर्को एक स्थानमा मिसाइल प्रहारबाट एक जना गम्भिर भएको पनि जनाएको छ ।

उता, अमेरिका समेत इरानको मिसाइल प्रहार रोक्न असफल भएको छ । आज प्रहार भएको खतरनाक मिसाइलले इजरायलको प्रमुख आणविक केन्द्र डिमोना न्यूक्लीयर रिसर्च सेन्टरमा गम्भिर क्षति पुगेको छ । रसियाली सञ्चार माध्यमहरुका अनुसार पछिल्लो ७२ घण्टामा इरानले इजरायलमाथि भिषण क्षति पुर्याएको छ । इजरायलको प्रमुख आणविक केन्द्र डिमोनामा गरिएको आक्रमणबाट ११ जना आणविक बैज्ञानिकरु मारिएको, केही सैनिक जनरल, १९८ जना वायुसेवाका अधिकारीहरु पनि मारिएको दावी गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले पनि उक्त बिषयको पुष्टि गर्दै अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरुलाई इजरायली सेनाले घटनास्थलमा जान नदिएको उल्लेख गरेको छ ।

विश्वकै सर्वाधिक शक्ति सम्पन्न अमेरिकाद्वारा संरक्षित इजरायलमाथिको इरानी आक्रमण रोक्न अमेरिका समेत असफल भएपछि खाडी राष्ट्रहरुमा तनाव बढेको छ ।

उता, इजरायलले पनि इरान र लेबनानमाथि भिषण हवाई हमला गरेको छ । राजधानी तेहरान धुवाले भरिन पुगेको छ । हिजो तेल प्रशोधन केन्द्रमाथि इजरायल र अमेरिकाले संयुक्त रुपमा आक्रमण गरेपछि भएको क्षतिले इरानमा व्यापक इन्धन अभाव हु्नसक्ने जनाइएको छ । मध्यपूर्वमा फैलिएको युद्धले त्यहाँ रहेको लाखौं नेपालीहरुको सुरक्षा चुनौति बढेर गएको छ । सरकारले उनीहरुको उद्धारको लागि कुनै ठोस योजना अघि सार्न सकेको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*