जाँचबुझ आयोगको प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न अल्टिमेटम

२५ फाल्गुन २०८२, सोमबार १८:२७

काठमाडौं । ‘जेन-जी अलायन्स फर मोनार्की’ ले ‘जेन–जी घटना’ सम्बन्धी जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

अलायन्सले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सरकारको हातमा पुगिसकेको भन्दै अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको हो।

अलायन्सका प्रवक्ता सनातम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिवेदनको कुनै पनि सम्पादित, संक्षेपित वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको संस्करण स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

“हामीले कुनै पनि त्यस्तो संस्करण स्वीकार गर्ने छैनौँ जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्,” विज्ञप्तिमा उल्लेख छ।

अलायन्सले सरकारले २४ घण्टाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरी अपूर्ण संस्करण सार्वजनिक गरे देश थप अन्योल र अराजकतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*