अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

२६ फाल्गुन २०८२, मंगलवार ०६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन २६ गते एक अमेरिकी डलरको भाउ ९४ पैसाले बढेर खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०३.४२ रुपैयाँ र बिक्रीदर १०३.८४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक साउदी अरेबियन रियालको खरीददर ३९.२७ रुपैयाँ र बिक्रीदर ३९.४३ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ४०.१४ रुपैयाँ र बिक्रीमूल्य ४०.३० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९० रुपैयाँ र बिक्रीमूल्य ९.९४ रुपैयाँ र एक बहराइन दिनारको खरीदमूल्य ३९०.५४ रुपैयाँ र बिक्रीमूल्य ३९२.१३ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*