यही फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फत १२५ सिट जितेको छ। यस्तै, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट जितेका छन्। यसैगरी, स्वतन्त्र उम्मेदवार महावीर पुनले पनि चुनाव जितेका छन्।
समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, काँग्रेस–एमालेसहित अन्य कसको कति ?

काठमाडौ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ ।
कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ तथा नेकपा (एमाले) ले १४ लाख ११ हजार ४२९ समानुपातिक मत प्राप्त गरेको छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७लाख ६६ हजार ८७५ मत ल्याउँदा चार महिनाअगाडि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ ल्याएको छ । त्यसैगरी थ्रेसहोल्ड कटाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख २४ हजार ८८१ मत ल्याएको छ ।
रास्वपाले बहुमत हासिल गरेर सरकार बनाउने निश्चित भएपछि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोन संवाद समेत गरेका छन् ।












