मंगलबार शेयर बजारमा भारी गिरावट
२६ फाल्गुन २०८२, मंगलवार ११:०६

काठमाडौँ । मंगलबार शेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो ।
निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो । सो दिन करिब ३ मिनेट मात्रै बजार खुलेको थियो ।
आज बजारमा राताम्य आइरहेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक पुगेसँगै बजारमा हिजो उत्साह आएको थियो । तर सो उत्साह एक दिन पनि टिक्न नपाएदै निराशमा पुगेको हो ।












