आईसिएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

२६ फाल्गुन २०८२, मंगलवार ११:४७

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि १३ गतेसम्म निष्काशन गरेको “९% आईसिएफसी फाइनान्स डिबेञ्चर–२०८९” आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल १ लाख ९० हजार ऋणपत्र बिक्री खुला गरेको थियो। बिक्री अवधिभर १४ हजार १२९ जना आवेदकले १३ लाख ९ हजार ९८८ कित्ता ऋणपत्र माग गर्दै आवेदन दिएका थिए।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँडफाँडमा ७ हजार ६०० जना आवेदकले २५/२५ कित्ताका दरले कुल १ लाख ९० हजार कित्ता ऋणपत्र हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*