विपन्न वर्गलाई आर्थिक पहुँचमा सहयोग गर्दै आएको सूर्योदय वोमी लघुवित्तले मनायो १५औं वार्षिकोत्सव

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५औँ बार्षिकोत्सव २०८२ फागुन २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ मनाएको छ।
कार्यक्रमको अध्यक्षतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तब्य व्यक्त गर्दै बार्षिकोत्सवको महत्व र कार्यक्रमबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधिहरु, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, कर्पोरेट कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरु साथै स्थानीय समुदायका प्रतिनिधिहरु पनि उपस्थित थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले उद्घाटन गर्दै संस्थामा लामो समयदेखि सेवा गर्ने कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै सूर्योदय वोमी लघुवित्तले अति विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाएको र देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको जानकारी दिए।
कार्यक्रमको क्रममा निरन्तर १० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान समेत गरेको हो । साथै प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामाग्री हस्तान्तरण गरी मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा कार्यक्रमको सहजीकरण कर्मचारी लक्ष्मी अर्यालले गरेकी थिइन् ।
हाल सूर्योदय वोमी लघुवित्तले देशका ७ वटै प्रदेशका ५५ जिल्लामा १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।












