खाना पकाउने एलपी ग्यासको हाहाकार, घण्टौं लाइन बस्नुपर्ने बाध्यता

२६ फाल्गुन २०८२, मंगलवार १३:४४

काठमाडौँ ।  नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दो समस्या बनेको छ। विगत करिब एक महिनादेखि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको हुँदा उपभोक्ताहरू दैनिक जीवन र साना व्यवसाय सञ्चालनमा ठूलो समस्या भोगिरहेका छन्।

ग्यास डिपो तथा खुद्रा पसलहरूमा लामो लाइन देखिन थालेका छन् भने कतिपय स्थानमा सिलिन्डर अभावका कारण उपभोक्ताहरू आप्रवित भैरहेका छन्।

निगमले पर्याप्त ग्यास आयात र वितरणको योजना गर्न नसक्दा बजारमा अभाव सिर्जना भएको छ। निगमले भने भारतबाट आपूर्ति कम भएको र ढुवानी प्रक्रियामा ढिलाइ भएको कारण समस्या आएको दाबी गरेको छ। तर उपभोक्ता अधिकारकर्मीहरू निगमको कमजोर योजना, वितरण प्रणालीमा अनियमितता र डिलरहरूबीच कालोबजारीका सम्भावित गतिविधि समस्या जटिल बनाउने मुख्य कारण भएको बताउँछन्।

नेपाल जस्तो आयातमा निर्भर देशमा ऊर्जा आपूर्ति व्यवस्थापनमा दीर्घकालीन योजना स्पष्ट नभएसम्म यस्ता समस्या बारम्बार दोहोरिने सम्भावना रहन्छ। त्यसैले वैकल्पिक ऊर्जा प्रवद्र्धन, प्रभावकारी आपूर्ति व्यवस्थापन, कडा नियमन र निजी क्षेत्रलाई पनि आपूर्तिमा संलग्न गराउन आवश्यक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*