बजारमा प्रवेश गर्ने लगानीकर्ताको ओइरो, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
२६ फाल्गुन २०८२, मंगलवार १५:०३

काठमाडौँ । शेयर बजार राताम्य भएपनि कारोबार रकम भने उच्च भएको छ । सोमबार सर्किट ब्रेक लागेर बन्द भएको बजार मंगलबार भने ओरालो लागेको छ । तर, परिसूचक घटेपनि कारोबार रकम भने उच्च बन्न पुगेको हो ।
आज २१ अर्ब ३५ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । आज न्यादी ग्रुपको १ अर्ब ९ करोड ७३ लाख रुपैयाँको कारोबार भको हो ।
साथै, आखुखोला जलविद्युतको ६९ करोड ६४ लाख, अपि पावरको ६१ करोड ६८ लाख, रिडि पावरको ५९ करोड रुपैयाँको कारोबार भएको हो ।













