दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?
२६ फाल्गुन २०८२, मंगलवार १५:३३

काठमाडौँ । दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
यता, सानीगड हाइड्रोले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।












