दाउन्नेमा ५ सवारी साधन एकापसमा ठोक्किए, ८ जना घाइते
२७ फाल्गुन २०८२, बुधबार ०९:५३

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा ५ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना व्यक्ति घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ गइरहेको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा ५ वटा सवारी साधन आपसमा ठोक्किन पुगेका हुन्।
दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जना र एउटा यात्रुबाहक बसमा सवार ६ जना गरी कुल आठजना घाइते भएका छन् भने भारतीय कन्टेनरका चालक फरार रहेको प्रहरीले जनाएको छ।












