भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको लकइन अवधि सकिंदै
२७ फाल्गुन २०८२, बुधबार १२:१५

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको ३९ लाख १२ हजार ८१४ कित्ता शेयरको लकइन अवधि चैत २ गतेबाट सकिने भएको छ।
उक्त दिन कम्पनीको संस्थापकतर्फको ३८ लाख ८ हजार ३७४ कित्ता, स्थानीय बासिन्दातर्फको ८५ हजार २० कित्ता र कर्मचारीतर्फको १९ हजार ४२० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। लकइन अवधिभर सकिएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।












