धरानमा पार्किङ गरेका ६ वटा यात्रुबाहक बसमा आगलागी

२७ फाल्गुन २०८२, बुधबार १३:२६

काठमाडौँ ।  सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा मंगलबार राति पार्किङमा राखिएका ६ वटा यात्रुबाहक बसमा आगलागी भएको छ। घटना राति करिब १० बजे भएको हो।

आगलागीको जानकारी पाएलगत्तै धरान उपमहानगरपालिकाले दमकलसहित प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ।

आगलागीका कारण को १ ख ६२७४ नम्बरको ‘कृष्ण बस’ पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै, प्र १–०१–००१ ख ४०३७ नम्बरको कन्काई यातायात बसको अगाडिको भाग, बा ४ ख ५७५९ नम्बरको ‘पाथिभरा दर्शन’ बसको अगाडि, र को १ ख ३८४७ नम्बरको ‘सुपर मादेन’ बसको अगाडिको भागमा आंशिक क्षति भएको छ।

त्यस्तै, बा ५ ख ५८१४ नम्बरको बसको दाहिने पछाडिको भाग र बा ५ ख ५८०९ नम्बरको बसको दाहिने साइडमा पनि आगोले आंशिक क्षति पुर्‍याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*