शेयर बजारमा १३ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२७ फाल्गुन २०८२, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३२९ वटा कम्पनीहरुको तीन करोड ६० लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १३ अर्ब १८ करोड दुई लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज रिडी पावर कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड २९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको ४९ करोड ५७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*