बुधबार यी कम्पनीका लगानीकर्ता बने मालामाल

२७ फाल्गुन २०८२, बुधबार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरिेयाली छाएको छ । जसमा सालपा विकास बैंक र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य ९.३३ प्रतिशत, रिडी पावर कम्पनीको ५.७२ प्रतिशत, कुमारी सवल योजनाको ५.१८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*