होटल फरेष्टको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

२७ फाल्गुन २०८२, बुधबार १५:३२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटल फरेष्ट इन लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ४० लाख कित्ता र संस्थापकलाई निष्कासन गरेको १ करोड ६० लाख कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम ९०.६५ रुपैयाँ देखि अधिकतम २७१.९५ रुपैयाँ रहेको छ ।

अब उक्त शेयर बिहिबारदेखि कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*