काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक ग्रिस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ बस्दै आएका २२ वर्षीय संयोग राईलाई मंगलबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार राईले ग्रिस पठाइदिने प्रलोभन देखाएर तीन जना व्यक्तिबाट कुल २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।













