अन्तर-बैंक कारोबार घट्यो: सात महिनामा ६ खर्ब ३६ अर्बमै सीमित

२७ फाल्गुन २०८२, बुधबार १८:०९

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालमा अन्तर–बैंक कारोबारमा कमी आएको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले ५ खर्ब ५९ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूले ७६ अर्ब ३६ करोड गरी कुल ६ खर्ब ३६ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार गरेको छ।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ०२ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोडको अन्तर–बैंक कारोबार गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*