७ महिनामा बैंक तथा वित्तीय संस्थाका ३६ शाखा कार्यालय बन्द

२७ फाल्गुन २०८२, बुधबार १८:१७

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को सात महिनामा बैंक तथा वित्तीय संस्थाका ३६ शाखा कार्यालय बन्द भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यस्तो देखाएको हो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार ५२६ रहेकोमा माघ मसान्तसम्म ११ हजार ४९० पुगेको छ। यस अवधिमा कुल ३६ शाखा कार्यालय बन्द भएका छन्।

२०८२ माघ मसान्तसम्म नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या स्थिर रहँदै शाखा कार्यालयमा सानो कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्म यस बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्र प्राप्त गरी सञ्चालनमा रहेका छन्।

कुन क्षेत्रका शाखा कति बन्द भए ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*