चार कम्पनीको शेयरमा सकारात्मक सर्किट

२८ फाल्गुन २०८२, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बन्द हुँदा चार वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य १० प्रतिशतले, नेशनल हाइड्रो पावर कम्पनीको ९.९७ प्रतिशतले र होटल फरेष्ट इनको ९.९३ प्रतिशतले बढेको हो।

यता कुमारी सबल योजनाको ३.७२ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ३.५४ प्रतिशत, त्रिशुली जलविद्युतको ३.१४ प्रतिशत र आँखुखोला जलविद्युतको शेयरमूल्य ३.०३ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*