निर्वाचन समिक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको मृत्यु
२८ फाल्गुन २०८२, बिहीबार १६:२५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज रहेका कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको निर्वाचन सम्बन्धी समिक्षा बैठकमा बोल्ने क्रममा अचानक ढलेर निधन भएको हो ।
जिल्ला कमिटीको बैठक चलिरहेका बेला नै उनलाई हृदयघात भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी ढलेपछि तत्काल उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको जनाएको छ। हाल उनको शव सोही अस्पतालमा राखिएको छ।
पार्टीभित्र सक्रिय नेताका रूपमा चिनिएका थापा पछिल्लो समय कास्की जिल्लाको संगठनात्मक काममा व्यस्त थिए। उनी एमालेका केन्द्रीय सदस्य मात्र नभई कास्की इन्चार्जको जिम्मेवारी पनि सम्हालिरहेका थिए।












