नेपाल पुनर्बीमा कम्पनीको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

२९ फाल्गुन २०८२, शुक्रबार ०८:५८

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढद्वारा बिक्रीमा राखिएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि पेश गर्नु पर्नेछ।

शेयर किन्न इच्छुकले चैत ५ गतेदेखि चैत १९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको नक्साल, नारायणचौरस्थित नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउ सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*