प्रतिकित्ता १०० रुपैयाँमा श्री डिष्टिलरीको शेयर बिक्रीमा

२९ फाल्गुन २०८२, शुक्रबार ०९:२६

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले बिक्री नभएको १ लाख ८६ हजार २३१ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शेयर बिक्रीमा राख्ने निर्णय गरेको हो।

बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्री गर्ने निर्णय गरे बमोजिम शेयर बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ। उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनी एवं अन्य लगानीकर्ताले आगामी ३० दिनभित्र कम्पनीमा निवेदन पेश गर्नु पर्नेछ।

कुल शेयर खरीद गर्ने निवेदन प्राप्त भएपछि पहिले निवेदन दिनेलाई प्राथमिकताका आधारमा शेयर खरीद गर्न स्वीकृति दिई बिक्री गरिने र त्यसपछि थप निवेदन स्वीकार नगरिने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*