सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
२९ फाल्गुन २०८२, शुक्रबार १०:५२

काठमाडौँ । सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।












