रवि र प्रचण्डबीच फोन वार्ता

२९ फाल्गुन २०८२, शुक्रबार १३:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ।

रवि र प्रचण्ड दुवैले निर्वाचनमा विजयी भइसकेपछि फोनमा वार्ता भएको र दुवैले एकअर्कालाई बधाई दिएको बुझिएको छ। फोनमा अन्य केके विषयमा कुराकानी भयो भन्ने चाहिं खुलेको छैन।

यद्यपि निर्वाचन पछि हालसम्म बालेन्द्र शाह (बालेन) र प्रचण्डबीच भने भेटवार्ता नभएको बुझिएको छ। पछिल्लो समय बालेन र प्रचण्डबीच भेट निर्वाचन अघि बालेनका बुबा रामनारायण शाहको निधनमा समवेदना प्रकट गर्न प्रचण्ड बालेनको घरमै पुगेर भेटवार्ता गरेका थिए।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रवि नेतृत्वको रास्वपाले १८२ सीट जितेको छ भने प्रचण्ड नेतृत्वको नेकपाले १७ सीट जितेको छ। पूर्वप्रधानमन्त्रीमध्ये प्रचण्ड एक्लै निर्वाचित भएपछि उनले पुराना र नयाँ सबैको ‘अभिभावक’ अब आफू नै भएको प्रतिक्रिया दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*