इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय

२९ फाल्गुन २०८२, शुक्रबार १७:५४

काठमाडौँ । इरानी नागरिकहरूलाई नेपाल आउँदा विमानस्थलमै दिइँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) सेवा रोक्ने निर्णय सरकारले गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार अब इरानी नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्नुपर्ने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयमार्फत यस्तो व्यवस्था लागू गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसअघि इरानका नागरिकले नेपाल आउँदा विमानस्थलमै अनअराइभल भिसा लिएर प्रवेश गर्न पाउने व्यवस्था थियो । तर अब उक्त सुविधा स्थगित गरिएपछि उनीहरूले अग्रिम रूपमा भिसा लिएर मात्र नेपाल आउन सक्नेछन् ।

सरकारले सुरक्षासम्बन्धी संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताइएको छ । पछिल्लो समय इरानमा देखिएको राजनीतिक तथा सुरक्षा तनावका कारण इरानी नागरिकहरू विभिन्न देशतर्फ जाने क्रम बढिरहेको अवस्थामा नेपाल आउने संख्या पनि बढ्न थालेपछि सरकारले निगरानी कडा बनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*