दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु
२९ फाल्गुन २०८२, शुक्रबार १८:३२

काठमाडौँ । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।
लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामी बिहीबार निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा लेकम गाउँपालिका–१ स्थित भीरबाट लडेर घाइते भएका थिए। स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।












