बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

१ चैत्र २०८२, आईतवार ०७:१५

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारेका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित अर्थात सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयले, ३ लाख १२ हजार कित्ता प्रभावित अर्थात सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का स्थानीयले र २ लाख ८ हजार कित्ता न्यून प्रभावित अर्थात सोलुखुम्बुको अन्य क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले चैत १५ गतेसम्म र वैदेशिक रोजगारेले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य पाएका सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बर शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*