यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१ चैत्र २०८२, आईतवार ०७:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सो अनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम भएको छ।
त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०३.९८ रुपैयाँ र बिक्रीदर १०४.४० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ, एक साउदी अरेबियन रियालको खरीददर ३९.३५ रुपैयाँ र बिक्रीदर ३९.५१ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ४०.५० रुपैयाँ र बिक्रीमूल्य ४०.६६ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.४९ रुपैयाँ र बिक्रीमूल्य ३७.६४ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८७ रुपैयाँ र बिक्रीमूल्य ९.९१ रुपैयाँ निर्धारण भएको छ।













