यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१ चैत्र २०८२, आईतवार ०८:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ र लोकल घिउ सिमी ३५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ६५ रुपैयाँ, हरियो फर्सी १८ रुपैयाँ, भिण्डी ११० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायोको साग ६० रुपैयाँ, बकुला ३० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र ब्रोकाउली ४० रुपैयाँ प्रतिकिलो अधिकतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*