सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
१ चैत्र २०८२, आईतवार १०:२०

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरणको निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव तथा नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले जानकारी दिएका छन्।












