धरानमा ११ जुवाडे पक्राउ, दुई लाख नगद बरामद
१ चैत्र २०८२, आईतवार १३:०८

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८२५ रुपैयाँ र ३ बूक तास सहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।












