आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१ चैत्र २०८२, आईतवार १५:०२

काठमाडौँ । गत बिहिबार बढेर बन्द भएको शेयर बजार आज भने सामान्य अकंले बढेको छ । निर्वाचनपछि सकारात्मक लयमा जाने अपेक्षा गरेको बजार पछिल्लो दिन भने सुस्त बन्दै गएको हो ।

बजारमा उतार चढाब भएपनि कारोबार रकम भने निरन्तर उकालो लागि रहेको छ । ४।५ अर्बमा सीमित भइरहेको कारोबार पछिल्लो केहि दिन यता भने उल्लेख्य बढी रहेको हो । आज १४ अर्बको कारोबार भएको छ ।

आज ग्रिन लाइफ हाइड्रोको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ८१ करोडको शेयर कारोबार भएको हो ।

साथै, रिडि पावर, नेशनल हाइड्रो, हिमाल दोलाखा र राधी विद्युतको शेयर सर्वाधिक किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*