तीन कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१ चैत्र २०८२, आईतवार १५:१८

काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन दोहोरो अकंले बढेको आजमा आज एकल अकंले मात्रै बढ्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो ।
आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्टको शेयरमा सर्किट लागेको हो ।
साथै, अभियान लघुवित्तको ५.३१ प्रतिशत, रिलायन्स मिल्सको ५.१५ प्रतिशत, मल्टिप्रपोज फाइनान्सको ४.९२ प्रतिशत र युनिर्भनल पावरको ४.७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।













