बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु
१ चैत्र २०८२, आईतवार १६:०६

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। विभिन्न मन्त्रालयका समसामयिक विषय, प्रशासनिक निर्णय तथा नीतिगत प्रस्तावबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।












