गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

१ चैत्र २०८२, आईतवार १७:२२

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ताका अनुसार रिक्त रहेको स्थानमा अर्याललाई मनोनयनका लागि सिफारिस गरिएको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेको छ। सोही रिक्त पदमा अर्याललाई नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको बताइएको छ।

अब मन्त्रिपरिषद्को सिफारिसका आधारमा रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*