कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने सरकारको निर्णय

१ चैत्र २०८२, आईतवार १७:३८

काठमाडौं । सरकारले भदौ २३ र २४ गते घटेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्ने गरी औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन अध्ययनका लागि ग्रहण गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार प्रतिवेदन कार्यान्वयनसँग सम्बन्धित विषयहरू पनि यही प्रक्रियाभित्र समेटिनेछन्।

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो। उक्त आयोगले गत फागुन २४ गते प्रधानमन्त्रीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो।

करिब एक सातासम्म प्रतिवेदन अध्ययन गरिएपछि आज बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन औपचारिक रूपमा ग्रहण गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*