सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान कार्यक्रम: १० र १५ वर्ष सेवा पुरा गरेका ६२ कर्मचारी सम्मानित

१ चैत्र २०८२, आईतवार १८:२२

काठमाडौँ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आजको दिन (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरि जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरे । बैंकमा हाल १७ सय ६४ कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट सत प्रतिशत योगदानगरी बैंकलाई नयाँ उचाईमा पु¥याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार, लगनशिल र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो । हालसम्म ३५६ जना कर्मचारीहरुले १० वर्ष कर्मचारी सम्मान पदक २९० जनाले र १५ वर्ष कर्मचारी सम्मान पदक ६६ जनाले प्राप्त गरेका छन् ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*