एकभन्दा बढी खाता भए बन्द गर्न महालक्ष्मी विकास बैंकको आग्रह
२ चैत्र २०८२, सोमबार १३:२३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले एक सूचना जारी गर्दै एउटै प्रकृतिको एकभन्दा बढी खाता भएमा बन्द गर्न आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृति निर्देशन ०८१/०८२ को बुँदा नम्बर ४५ बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता (नेपाल राष्ट्र बैंकले तोकेको बाहेक) खोल्न नपाईंने व्यवस्था गरेको छ।
महालक्ष्मी विकास बैंकले आफ्नो बैंकमा कसैले स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी बचत खाता खोली कारोबार गरिरहेको भए पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी एक बचत खाता मात्र सञ्चालनमा रहने गरी अन्य बचत खाताहरू यथाशीघ्र बन्द गर्न आग्रह गरेको हो।












