२६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झर्दा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेप्से उच्च अंकले घटेपछि आज उत्पादन तथा प्रशोधन मात्रै उपसूचक ०.२५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटै उपसूचक राताम्मे बन्न पुगेको छ। आज सबैभन्दा धेरैं बैंकिङ्ग उपसूचक १.६१ प्रतिशतले, इन्भेष्टमेण्ट उपसूचक १.५२ प्रतिशतले र अन्य उपसूचक १.०९ प्रतिशतले घट्न पुगेको छ।
शेयरबजारमा उत्साह नदेखिंदा २११ कम्पनीहरूको शेयरमूल्यमा गिरावट आएको छ भने ४८ वटा कम्पनीहरूको मूल्य भने बढ्न पुगेको छ। यता ४ वटा कम्पनीको मूल्य भने यथावत रहेको छ। बजारमा दोहोरो अंकको गिरावटका बाबजूद ५ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागको छ।












